२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राविधिक धार (९–१२), खुला विद्यालय र स्रोतकक्षाका विद्यार्थीको विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०७९ को सबै विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा इन्ट्री गरी अनलाइनमा अपलोड गरिसकेको तर उक्त कार्यक्रम सञ्चालन गरिरहेका अधिकांश विद्यालयले अध्ययन गर्ने विद्यार्थी छुट्टिने विवरण पेश नगरेको हुँदा केन्द्रले यस्तो निर्देशन दिएको हो ।
विवरणकै आधारमा आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम तयार गर्ने काम भइरहेको हुँदा अद्यावधिक नगरेका कारण विद्यालयले प्राप्त गर्ने अनुदान वा विद्यार्थीले पाउने सुविधाबाट बञ्चित हुने हुँदा यस्तो निर्देशन दिएको छ ।
केन्द्रले स्थानीय तहहरूलाई पत्र पठाउँदै विद्यालयहरूको कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij