२०८२ फाल्गुण २५ गते सोमवार
काठमाडौं । सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको बजार २० मिनेट बन्द भएर खुलेको थियो ।
त्यसको लगतै थप १ प्रतिशत बढेर बजारमा दोस्रो सर्किट लागेको हो । यो सँगै मार्केट ४० मिनेटका लागि कारोबार रोकिएको छ ।
१३५.७२ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८४८.२२ अङ्कमा पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij