Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, कस्तो रहला आजको मौसम?

काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, कस्तो रहला आजको मौसम?


  • 1.5K
    Shares

    काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, कस्तो रहला आजको मौसम?
    images

    काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । तर दिनभर झरी भने नपर्ने महाशाखाको अनुमान छ ।

    वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । ‘आज दिउँसो केहीबेर पानी पर्न रोकिए पनि राम्रोसँग घाम लाग्दैन, चिसो महसुस हुन्छ,’ वरिष्ठ मौसमविद पौडेलले अनलाइनखबरसँग भने ।

    अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको हो । यसका कारण पहाडी भेगका धेरैजसो स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तापक्रम पनि केही घटेर चिसो महसुस हुनेछ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज र भोलि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    भोलि बिहीबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा हुने र कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - ११:३६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij