२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म हुने ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई दुई थरी शुल्क तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले प्रतिनिधि बन्नेलाई पदेन प्रतिनिधिका लागि ३ हजार र निर्वाचित प्रतिनिधिका लागि २ हजार शुल्क तोकेको हो ।
सचिवालय बैठकले एमाले महाधिवेशन प्रतिनिधि छनोट सम्बन्धी प्रस्ताव समेत संशोधन गरेको छ । आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष सङ्ख्या पचास प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन हुनेछन् ।
त्यस्तै प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटी सरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने एमालेले निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका जिल्ला कमिटीहरूमा पनि भौगोलिक जिल्ला कमिटी सरह १२०० सदस्यभित्र ४० वर्ष मुनिका युवाहरू चयन गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij