२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं। पाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि बसेको नौ दलीय गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक द्वन्द्व मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्ने बताए ।
त्यसअघि उनले भने, ‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोटबाट फौजदारीको रूपमा हेर्ने होइन ।’
सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताए ।
उनले भने, ‘सर्वोच्चको पछिल्लो आदेशले पनि द्वन्द्वकालमा भएको मुद्दाको संक्रमणकालीन न्यायको पद्धतिबाटै भन्ने कुरा आदेशले त्यो ठाउँ राखेको छ ।’ उनले यो विषय राज्यको साझा मुद्दा रहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij