२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न सूचना प्रकाशित गरेको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० को नियमित परीक्षा एसइइमा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न सूचना प्रकाशित गरेको हो ।
फारम २०७९ फागुन १९ गतेदेखि २०८० बैशाख १५ गते भित्र भर्ने भराउने कार्यका लागि सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश तथा शाखा कर्यालय तथा शिक्षा विकास निर्देशनालयहरुलाई जानकारी गराइएको सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij