Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कुन जिल्लाका इसीडी शिक्षकबाट कति रकम उठाएँ प्रमाण दिनूस्: बसन्त चौधरी

कुन जिल्लाका इसीडी शिक्षकबाट कति रकम उठाएँ प्रमाण दिनूस्: बसन्त चौधरी


  • 2.5K
    Shares

    कुन जिल्लाका इसीडी शिक्षकबाट कति रकम उठाएँ प्रमाण दिनूस्: बसन्त चौधरी

    बालविकास शिक्षक केन्द्रीय समिति पूर्वअधयक्ष बसन्त चौधरीले कुन जिल्लाका बालविकास शिक्षकहरूबाट कति रकम उठाएको हो त्यसको प्रमाण दिन माग गरेकी छिन् । 

    संस्था दर्ता नगरी इसीडी शिक्षकहरूबाट रकम उठाएर हिनामिना गरेको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा उजुरी परी केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई छानबिन गरी कारबाही गर्न पत्राचार गरेपछि पूर्वअधयक्ष चौधरीले उजुरीकर्तासँग प्रमाण माग गरेकी हुन् ।

    पूर्वअधयक्ष चौधरीले फेसबुक म्यासेन्जरमा भनेको उक्त कुरा बालविकास शिक्षक मार्फत् प्राप्त भएको छ ।

    पूर्वअधयक्ष चौधरीले भनेकी छिन्,‘मैले सफाइ दिने के गरेको छु ? प्रमाणसहित देखाउनूस् । कुन जिल्लाबाट कति रकम उठाएँ प्रमाण दिनूस् महासय । होइन भने सामाजिक सञ्जालमा बेइज्जत नगर्नूस् । हजुर जस्तै केन्द्रमा रोएर चिनिएको व्यक्ति म होइन । म काम गरेर देखाएको व्यक्ति  हुँ । मैले सफाइ पाउने नपाउने कुरामा मेरै तदर्थ समितिको पदाधिकारीहरूले बोल्नु हुनेछ ।’ (वेबटिभी खबर)

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १४:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij