Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मनासलु वर्ल्ड कलेजले विभिन्न कार्यक्रम गरी मनायो रजत जयन्ती

मनासलु वर्ल्ड कलेजले विभिन्न कार्यक्रम गरी मनायो रजत जयन्ती


  • 2.1K
    Shares

    मनासलु वर्ल्ड कलेजले विभिन्न कार्यक्रम गरी मनायो रजत जयन्ती

    मनासलु वर्ल्ड कलेजले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । कलेजले आफ्नो रजत जयन्तीको अवसरमा विभिन्न पाँच विधाका विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

    सोमबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा मनासलु वर्ल्ड कलेज तथा स्कुलले २५ औं बार्षिक उत्सव तथा रजत जयन्ति मनाएको छ ।

    कार्यक्रममा मन्त्री मोदीले समय परिवर्तन भइसकेको र विद्यार्थीहरुले आफुले चाहेको विधामा जान सक्ने बताए । उनले जुन विधामा गए पनि उत्कृष्ट काम गर्न सकिने र त्यसका लागि दत्तचित्त भएर लाग्न विद्यार्थीलाई प्रेरणा दिए । आफु सानै उमेरदेखि राजनीतिमा लागेको र देशका लागि केही गर्छु भन्ने अठोट बोकोको बताउँदै विदेश भन्दा स्वदेशमै केही गर्नुपर्ने त्यसका लागि पढाईलाई केन्द्रमा राखेर सिक्न आग्रह गरे ।

    कलेजका प्रिन्सिपल राजन श्रेष्ठले छोटो समयमा नै विद्यार्थी अभिभावकको माया कलेजले पाउन सकेको र अरु शैक्षिक संस्थाहरुले १५ वर्षमा पाउन नसकेको लोकप्रियता आफुहरुले छिटै प्राप्त गर्न सफल भएको बताए । उनले विद्यार्थीको भविष्यलाई सम्झेर व्यहारिक तथा उत्कृष्ट शिक्षा कसरि दिन सकिन्छ भन्नेमा कलेज लागेको जानकारी दिए ।

    काठमाडौंको चाबहिल चुच्चेपाटिमा अवस्थित मनासलु वर्ल्ड स्कुल तथा कलेजले कक्षा नर्सरीदेखि स्नातक तह सम्म अध्ययन अध्यापन गराउँदै आइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - १९:५८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij