२०८२ मंसिर ५ गते शुक्रवार
आइतबार सामान्य सुधार देखिएको सेयरबजार राजनीतिक अस्थिरतासँगै घट्न पुगेको छ ।
आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा कायम हुन पुगेको छ । नेकपा एमाले सरकारबाट बाहिरिएसँगै नेकपाकै उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल बाहिरिने भएसँगै आज शेयरबजार फेरी घट्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अन्य दिनको तुलनामा आज लगानीकर्ताहरु निराश बन्दा कारोबार रकम समेत घट्न पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, ब्यापार र अन्य समूह बढका छन् भने बाँकी सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी वित्त सूचकको १.६५ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij