Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ


  • 204
    Shares

    राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए शपथ
    images

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले सपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा समक्ष प्राधिकरणको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गरेका हुन् ।

    कम्पनीको संचालक समितिको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

    नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।

     

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १५:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij