२०८२ भाद्र ३ गते मंगलवार
नेपाल बालविकास शिक्षक संस्थालाई संस्था नै दर्ता नगरी बालविकास शिक्षकहरूबाट रकम उठाई हिनामिना बनाएको आरोप लागेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल सरकारको संस्था दर्ताको सम्बन्धी नियमको पालना नगरी बालविकास शिक्षक संस्थाका नामबाट देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रम गर्ने र त्यसका लागि प्रतिव्यक्ति रकम समेत उठाउने गरेको भन्ने उजुरी परेपछि आवश्यक कारबाहीका लागि सबै शिक्षा तथा समन्वय इकाईलाई पत्र लेखेको छ ।
त्यसैगरी केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरेको छ ।
हेर्नुहोस् पत्र
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij