२०८२ भाद्र ३ गते मंगलवार
कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्। गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्।
गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ३१ जना शिक्षकहरूलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको बताएको छ ।
कार्तिक देखी पुससम्मको त्रैमासिक तलब खुवाउन ३९ लाख बजेट अभाव भएका कारण शिक्षकहरूलाई तलब खुवाउन नसकिएको गाउँपालिकाले जनाएको छ । ३१ जना शिक्षकहरू मध्ये बाल शिक्षा देखि माध्यमिक तहसम्मका शिक्षकहरू रहेका छन् ।
आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत परियोजनाको रोयल्टीमार्फत तलब खुवाउने गरी बजेट विनियोजन गरेको र रोयल्टी नआएका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाले जनाएको छ।
कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij