Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति निर्वाचनका लागि आयोगद्वारा ८८१ जनाको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनका लागि आयोगद्वारा ८८१ जनाको नामावली सार्वजनिक


  • 2.1K
    Shares

    राष्ट्रपति निर्वाचनका लागि आयोगद्वारा ८८१ जनाको नामावली सार्वजनिक

    काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले ८८१ जनाको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको मतदाताको नामावली सार्वजनिक गरेको हो ।

    संघीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जना मतदाताको नाम रहेको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूले भाग लिन पाउँछन् ।

    मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधवार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ ।

    उक्त समयमा आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

    राष्ट्रपति पदको लागि फागुन १३ गते शनिवार मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुँदैछ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १२:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij