Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

कृषि विकास बैंकका नयाँ सीईओ गोविन्द गुरुङले गरे पदभार ग्रहण

कृषि विकास बैंकका नयाँ सीईओ गोविन्द गुरुङले गरे पदभार ग्रहण


  • 2.1K
    Shares

    कृषि विकास बैंकका नयाँ सीईओ गोविन्द गुरुङले गरे पदभार ग्रहण
    images

    कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।

    सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

    छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

    उहाँ यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सिइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् । यसअघि उनी सिभिल बैंकको सिइओसमेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । 

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १४:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij