Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन


  • 2.0K
    Shares

    • images
    स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन
    images

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले माघ २६ गतेदेखि विक्रीमा ल्याएको पाँच वर्षे अवधिको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्र विक्रीमा ल्याएको हो । 

    बैंकले प्रति ऋणपत्र रू.१ हजार अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिने बैंकको भनाई छ ।

    सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । 

    ऋणपत्र निष्कासनका लागि गराईएको रेटिङ्गमा बैंकलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मात्रामा सुरक्षित रहेको मानिने रेटिङ्ग कम्पनीको भनाई छ ।

    यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ११:४४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij