२०८२ भाद्र १० गते मंगलवार
नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ११.५० प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ (क) नामक बचतपत्र बिक्रीमा ल्याउने भएको हो । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ । यस बचतपत्रमा ६-६ महिनामा ब्याजदर भुक्तानी हुनेछ ।
नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले फागुन १० गतेदेखि फागुन ३० गतेसम्मका लागि नागरिक बचतपत्र २०८४ (क) बिक्री खुल्ला गर्ने भएको छ ।
उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।
उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ साल चैत्र ६ गते हुनेछ ।
नागरिक बचतपत्रको सम्पूर्ण विवरण तलको सूचनामा उल्लेख गरिएको छ :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij