२०८२ भाद्र १० गते मंगलवार
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँचजना लिष्टिङमा परेका छन् । उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए । जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्यांकन गरि वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरू सर्ट लिष्टिंगमा छनौट भएका हुन् ।
यसरी सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञप्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन् । उनीहरूको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij