Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

निक्षेप संकलनमा वृद्धि, दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

निक्षेप संकलनमा वृद्धि, दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप


  • 2.5K
    Shares

    निक्षेप संकलनमा वृद्धि, दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप
    images

    वाणिज्य बैंकहरुमा निक्षेप संकलन वृद्धि भएको छ । बैंकहरुमा निक्षेप दुई दिनमै १३ अर्ब बढीले वृद्धि भएको छ ।
    नेपाल बैंकर्स संघका अनुसार माघ २७ गतेदेखि २९ गते (दुई दिनमै) थप १३ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन भएको हो ।

    बैंकर्स संघका अनुसार माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । गत माघ २७ गते भने बैंकहरुले ३ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । सो दिनसम्म बैंकहरुले ४७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

    सो अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि वृद्धि भएको छ । दुईदिनमै बैंकहरुले थप ३ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । योसंगै माघ २९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब ९० अर्ब रुपैयाँ कायम भएको छ । यसअघि अर्थात माघ २७ गते भने बैंकहरुको कर्जा प्रवाह ४२ अर्ब ८७ करोड रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १७:११:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij