Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना


  • 2.4K
    Shares

    विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना

    विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् ।

    शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

    महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले जानकारी दिए ।

    विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने २/२ जना,  महिला ५ जना  जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयनका लागि शनिबार नै  निर्वाचन हुनेछ । बाँकी २१ जनामध्ये ८ जना अहिलेलाई खाली राख्ने र १३ जना केन्द्रीय समितिले पछि मनोनित गर्ने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

     

    प्रकाशित मिति :माघ २८ २०७९ शनिवार - २०:३६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij