२०८२ माघ ८ गते बिहिवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले वैकल्पिक उम्मेदवालाई नियुक्ति दिन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर अनुरोध गरेको छ ।
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका वैकल्पिक उम्मेदवार (शिक्षक) लाई नियुक्ति दिने सम्बन्धमा शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ बमोजिमको अवस्था देखिएमा अवस्था एकिन गरी सो सम्बन्धमा आधिकारिक अभिलेख लिई नियमावलीको सोही नियम बमोजिम हुने गरी वैकल्पिक उम्मेदवारलाई तोकिएको प्रक्रिया बमोजिम नियुक्ति गर्न अनुरोध गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij