Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दवावपछि परीक्षा तालिका संशोधन गर्न बाध्य भयो त्रिवि (तालिका सहित)

दवावपछि परीक्षा तालिका संशोधन गर्न बाध्य भयो त्रिवि (तालिका सहित)


  • 5.2K
    Shares

    दवावपछि परीक्षा तालिका संशोधन गर्न बाध्य भयो त्रिवि (तालिका सहित)
    images

    विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । स्नातक तह चौथो वर्षको  व्यवस्थापन संकाय, शिक्षा शास्त्रर विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।

    सो कार्यालयले पूर्व निर्धारित कार्यतालिकालाई संशोधन गर्दै एक महिनापछि आगामी चैत्र १२ गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी संशोधिततालिका सार्वजनिक गरेको छ । यस अघि उक्तकार्यालयले आगामी फागुन १० गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी  तालिका सार्वजनिक गरेको थियो ।

    त्रिविलाई केही विद्यार्थीले परीक्षा सार्न दबाव दिँदै आन्दोलन गरेका थिए । विश्वव्यापी कोभिडको प्रकोपले गर्दा त्रिविको शैक्षिक क्यालेन्डर प्रभवित भएको थियो । उक्तकारण त्रिविमा २०७७ र २०७८ सालमा भर्ना भएका विद्यार्थीको परीक्षा सञ्चालनगर्न सकेको थिए । सो कारण अहिले त्रिविमा स्नातकका पाँचओटा समूह देखा परेका छन् ।

    त्रिविले सञ्चालन गर्न लागेको स्ववियु निर्वाचनका कारण विद्यार्थीले त्रिविलाई परीक्षा तालिका पछिधकेल्न दवाव दिएपछि त्रिवि पुनः परीक्षा तालिका सार्वजनिक गर्न बाध्य भएको हो ।

    त्रिविले पूर्व निर्धारितसमयमा नै परीक्षा सञ्चालन गर्दा चार ओटा ब्याचले मात्र मतदान गर्न पाउने भएपछि चुनावलाई इस्यु बनाएर तालिका संशोधनगरेको हो । त्रिविले  फागुन १० देखि १९ गतेसम्मको छोटो अवधिमापरीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए।

    संशोधित परीक्षा तालिका 

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - ११:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij