Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रबिको ठाउँमा आफूलाई निर्वाचित गर्न निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

रबिको ठाउँमा आफूलाई निर्वाचित गर्न निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ


  • 2.3K
    Shares

    रबिको ठाउँमा आफूलाई निर्वाचित गर्न निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफू निर्वाचित भएको घोषणा गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन-२ मा रबिसँग पराजित भएका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्।

    निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै श्रेष्ठले आयोगमा निवेदन दिएका छन्।निवेदनमा उनले चितवन-२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्।

    प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट रबिले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १३:०८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij