Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली र लिङ्देनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाहमा जुटे प्रचण्ड

ओली र लिङ्देनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाहमा जुटे प्रचण्ड


  • 2.4K
    Shares

    ओली र लिङ्देनसँगको वार्तापछि नारायणकाजी र देव गुरुङसँग सल्लाहमा जुटे प्रचण्ड

    सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक सल्लाहमा जुटेका छन्।

    गैरसांसदको हैसियतमा पुगिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरिरहेपछि बुधबार बिहान लिङ्देन र ओलीसँग प्रधानमन्त्रीको वार्ता भएको थियो।

    मंगलबार साँझ मात्रै रविसँग बालकोटमा वार्ता गरेका ओली बुधबार बिहानै बालुवाटार पुगेका थिए। त्यस्तै उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले पनि प्रचण्डसँग बुधबार बिहान वार्ता गरेर बाहिरिएका थिए। 

    यी दुई नेतासँगको वार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग सल्लाह गर्दैछन्। 

    यसअघि सत्ता गठबन्धनका नेताहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्। उनले पार्टीमा गृहमा अन्य सांसदको नाम पनि सिफारिस गरेका छैनन्। 

    तर प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मनसायमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ।

    राष्ट्रपति पदमा पनि कुरा मिलेको छैन। पुस १० मा राष्ट्रपति पद एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन्। 

    उनले कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताइरहेका छन्। तर ओलीले मंगलबार मात्रै रविसँगको भेटमा विगतमा जे समझदारी भएको हो त्यो कार्यान्वय गरेर जानुपर्ने बताएका थिए। 

     

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १२:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij