Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त


  • 2.2K
    Shares

    मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

    भक्तपुर निवासी ढकाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् ।

    अर्थ तथा राजनीतिका क्षेत्रको जानकार ढकालले थुप्रै पुस्तक लेखेका छन् । उनले हालै 'समाजवाद र नेपाल' नामक पुस्तक सार्वजनिक गरेका छन् भने हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । ढकालसंग यसअघि अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव भएर काम गरेको अनुभवसमेत छ । 

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - ११:२३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij