Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै, राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै, राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल


  • 1.8K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै, राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकमा राष्ट्रपति र गृहमन्त्रीका विषयमा छलफल हुने छ ।

    बैठक सोमबारबाट सुरु भएको थियो । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए ।

    उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति अनुसार अगाडि बढ्नुपर्ने अडान राख्दै आएका छन् ।

    यस्तै राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ ।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - ११:१५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij