Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)


  • 8.7K
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)

    काठमाडौं । सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै अर्थमन्त्रालयको प्रस्तावलाई स्विकृत गर्दै सरकारले ऋण लिने निर्णय गरेको जनाएका हुन् ।

    यस्तै व्यवसायिकता निरन्तर कर्जा प्रवाह कार्यविधि २०७७ लाई सरकारले स्विकृति गरेको छ । कोभिड १९ बाट प्रभावित घरेलु तथा साना उद्योग एवम् अन्य विभिन्न व्यवसायहरूका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि यो कार्यविधि सरकारले ल्याएको हो । 

    सरकारले अति प्रभावित,  मध्य प्रभावित तथा न्यून प्रभावित छुट्टाई कर्जा उपलब्ध गराउने छ । गृह मन्त्रालयको प्रस्तावमा नेपालमा लामो समयदेखि गैर कानूनी रुपमा बस्दै आएका विदेशी नागरिकहरूलाई निस्कासन गर्ने निर्णय गरेको छ । 

    सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन् ।

    मन्त्रिपरिषद्को निर्णयहरु हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् :

    cabinet_mangshir_3.pdf

    cabinet_kartik-27.pdf

     

     

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १६:०५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij