Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे वार्षिक कार्यतालिका, तीनवटै तहको कार्यतालिका अधुरो !

शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे वार्षिक कार्यतालिका, तीनवटै तहको कार्यतालिका अधुरो !


  • 2.9K
    Shares

    शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे वार्षिक कार्यतालिका,  तीनवटै तहको कार्यतालिका अधुरो !

    शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७९र८० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार आयोगले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अधुरो छ । खुलातर्फ तीनवटै तहको कार्यतालिका अधुरो देखिएको छ । 

    तीनवटै तहको विज्ञापन गर्ने र सामान्य परीक्षा सञ्चालन गर्ने मिति तोकिए पनि नतिजा सार्वजनिक हुने, विषयगत परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता तथा सिफारिससम्बन्धी विषय कार्यतालिकामा उल्लेख छैन । साथै, अध्यापन अनुमतिपत्रको नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने विषय पनि कार्यतालिकामा समावेश छैन । 

    कार्यतालिकाअनुसार तीन तहको खुला विज्ञापन पुस, माग र फागुनमा हुने छ । माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको विज्ञापन पुषमा गरी फागुनमा सामान्य परिक्षा सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ । 

    सामान्य परीक्षाको नतिजा भने २०८० वैशाखमा सार्वजनिक गर्ने कार्यतालिका छ । साथै सोही परीक्षाको विषयगत परिक्षा भने २०८० जेठरअसारमा सञ्चालन गर्ने कार्यतालिका छ । 

    माध्यमिक तृतीय श्रेणीको वस्तुगत परीक्षा कहिले सञ्चालन हुने कार्यतालिकामा उल्लेख छैन । निम्न माध्यमिक तह तृतीय श्रेणीको विज्ञापन माघमा गरी चैत्रमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

    प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन फागुनमा गरी वैशाखमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

    निम्न माध्यमिक तह र प्राथमिक तहको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने, विषयगत परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गर्नेबारेमा आयोगले कुनै जानकारी दिएको छैन ।

    300785241_497090712417832_4822981827358713340_n.jpg

    प्रकाशित मिति :भाद्र ५ २०७९ आइतवार - १३:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij