२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको जानकारी दिए । प्रहरी जवान चदारा छतबाट खसेर मृत्यु भएपछि एसपी चन्द स्वयं टीकापुर पुगेका छन् । उनले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् ।
प्रहरीका अनुसार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij