२०८२ फाल्गुण २६ गते मंगलवार
रुकुम पश्चिममा बिहे हेर्न गएका तीन युवतीमध्ये दुई जनाको शव भेटिएको छ ।
उनका अनुसार शुरूमा उर्मिलाको शव भेटिएको थियो । उनको शव भेटिएको एक/डेढ मिटर तल कल्पनाको शव भेटिएको डीएसपी पौडेलले बताए । उनीहरूसँगै बिहे हेर्न गएकी १४ वर्षीया सपना ओली बेपत्ता छन् । उनीहरू सोमबार बेलुका पारिपट्टीको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएका थिए ।
त्यसैबेला उनीहरूलाई नदीले बगाएको आशंका गरिएको छ । बिहे हेर्न उनीहरू मंगलबार बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । त्यसक्रममा शुरूमा उर्मिलाको शव भेटिएको थियो ।
बेपत्ता सपनाको खोजी भइरहेको डीएसपी पौडेलले बताए । ‘हामीले तीनै जनाका आफन्तसँग कुरा गर्यौं, नानीहरू नदीपारी बिहे हेर्न गएका रहेछन्’, पौडेलले लोकान्तरसँग भने, ‘सपनाको अझै खोजी गरिरहेका छौं । यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij