२०८२ भाद्र ४ गते बुधवार
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिएका हुन् ।
‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उनले भने, ‘ विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’
उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत मन्त्री पौडेलले निर्देशन दिए ।
शिक्षक सेवा आयोगको नियामवली संशोधन पश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिए बमोजिमकाम छिटो सम्पन्न गर्न आग्रह गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij