Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एनएमबि बैंकले ल्यायो नारीहरुका लागीे विशेष सुविधायूक्त अफर

एनएमबि बैंकले ल्यायो नारीहरुका लागीे विशेष सुविधायूक्त अफर


  • 2.1K
    Shares

    • images
    एनएमबि बैंकले ल्यायो नारीहरुका लागीे विशेष सुविधायूक्त अफर
    images

    एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” प्रस्तुत गरेको छ ।

    महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५,००० सम्म क्यासब्याक (Cashback)पाउन सक्नेछन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन्।

    यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

    एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।   

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २ २०७९ बिहिवार - १५:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij