२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । ग्लोबल आईएमई बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकतामा राखी संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखेको संस्थापक शेयरको संख्या भने खुलाएको छैन।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक यस बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij