२०८२ भाद्र ४ गते बुधवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताएका छन् ।
गएकाे शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
शिक्षा मन्त्रीकाे उक्त अभिव्यक्ति आउनुपूर्व नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति आन्दोलनकाे तयारीमा थियाे । आन्दोलनबारे समितिले शिक्षामन्त्रीलाई लिखित रूपमै जानकारी गराइसकेकाे थियाे ।
सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै समितिले शिक्षा तथा मावन स्रोत विकास केन्द्र अगाडि दुई दिनदेखि धर्ना दिइरहेकाे छ ।
शिक्षामन्त्री पौडेलले गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै विद्यालय कर्मचारीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।
अन्तर्क्रिया कार्यक्रमा शिक्षामन्त्री पौडेलले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे ।
समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij