२०८२ भाद्र ४ गते बुधवार
नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए ।
साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेड बृद्धिलाई अनुमोदन गरेको थियो ।
नयाँ तलबमान सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीको साउन १ गतेदेखि तलब बढेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij