Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

साउन १ गतेदेखि लागू हुनेगरी इसीडी शिक्षकको बढेको तलब सरकारद्वारा स्वीकृत

साउन १ गतेदेखि लागू हुनेगरी इसीडी शिक्षकको बढेको तलब सरकारद्वारा स्वीकृत


  • 7.4K
    Shares

    साउन १ गतेदेखि लागू हुनेगरी इसीडी शिक्षकको बढेको तलब सरकारद्वारा स्वीकृत

    आर्थिक वर्ष २०७९/८० मा अर्थमन्त्रालयले बढाएको दुई हजार रूपैयाँ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बैठकले यही साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गरेको हो ।

    बिहीबार (साउन २६) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले इसीडी शिक्षकको पनि नयाँ तलबमान स्वीकृत गरेको जानकारी दिए ।  

    उनले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, इसीडी शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरिएको छ ।’

    अब इसीडी शिक्षकलाई संघीय सरकारले साउन महिनादेखि नै १० हजार रूपैयाँ मासिक तलब पठाउँछ । ७ हजार रूपैयाँ स्थानीय सरकारले दिनुपर्ने हुन्छ । 

    प्रकाशित मिति :श्रावण ३० २०७९ सोमवार - १२:४१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij