Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शिक्षककाे तलबभत्ता, दरबन्दीबारे केन्द्रद्वारा जारी कार्यान्वयन पुस्तिकामा के भनिएकाे छ ?

शिक्षककाे तलबभत्ता, दरबन्दीबारे केन्द्रद्वारा जारी कार्यान्वयन पुस्तिकामा के भनिएकाे छ ?


  • 10.0K
    Shares

    शिक्षककाे तलबभत्ता, दरबन्दीबारे केन्द्रद्वारा जारी कार्यान्वयन पुस्तिकामा के भनिएकाे छ ?

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मन्त्रीस्तरबाट स्वीकृत भइ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत मंगलबार जारी गरेकाे कार्यक्रम कार्यान्वयन पुस्तिका आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहबाट सम्पादन हुने ससर्त अनुदानका सबै बजेट उपशीर्षकहरूका कार्यक्रमका कार्यान्वयन प्रक्रिया एवम् मापदण्ड उल्लेख छ । पुस्तिकामा शिक्षककाे तलबभत्ता, दरबन्दी लगायतका विषय उल्लेख गरिएकाे छ ।

    स्थानीय तहमा कार्यरत शिक्षककाे तलबभत्ता निर्धारण गर्दा केन्द्रकाे चलानी नम्बर १८९ मिति २०७६/११/१२ काे पत्र र केन्द्रकाे वेबसाइटमा प्रकाशित विवरण अनुसार एकिन भएकाे दरबन्दीलाई ‘शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६’ अनुसार मिलान/व्यवस्थापन/अद्यावधिक गर्ने भनिएकाे छ ।

    पुस्तिकामा दरबन्दी मिलानबाट कायम भएकाे दरबन्दी, शिक्षक अनुदान काेटा (राहत) र प्राविधिक धारतर्फकाे अनुदानमा कार्यरत शिक्षक तथा प्रशिक्षकहरूका लागि विद्यालयबाट प्राप्त माग फाराम रूजु गरी अनुदान उपलब्ध गराउने उल्लेख छ । (वेबटिभी खबर)

    प्रकाशित मिति :श्रावण २९ २०७९ आइतवार - १०:४५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij