Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारसँग सांसद पवित्रा निरौलाको गम्भीर ध्यानाकर्षण

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारसँग सांसद पवित्रा निरौलाको गम्भीर ध्यानाकर्षण


  • 2.6K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारसँग सांसद पवित्रा निरौलाको गम्भीर ध्यानाकर्षण

    प्रतिनिधिसभा सांसद पवित्रा निरौला खरेलले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलबबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

    प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकमा बोल्दै सांसद खरेलले विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलब न्यून रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    उनले इसीडी शिक्षकको तलब दुई हजार रूपैयाँ बढाएर १० हजार पुर्‍याउँदा विद्यालय कर्मचारीको तलब यथावत् राख्नुको कारण सरकारसँग माग गरिन् ।

    उनले भनिन्, ‘सरकारले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलब दुई हजार रूपैयाँले वृद्धि गरि १० हजार पुर्‍याउँदा विद्यालय सहयोगी र विद्यालय लेखापालको १३ हजार पाँच सय यथावत् राखेको छ। सबै राष्ट्रसेवकको तलबवृद्धि हुँदा विद्यालय कर्मचारीको अति न्यून तलब यथावत् रहनुपर्ने कारण के हो ? यसको बारेमा म सरकारसँग सोध्न चाहन्छु ।’

    इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गरिरहेकाे भन्दै सांसद खरेलले उनीहरूको श्रमशोषण भइरहेको बताइन् । उनले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबवृद्धि गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । 

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - १४:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij