Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

यस्तो छ बालविकास सहजकर्ताकाे गुनासो, जिम्मेवारी बढी पारिश्रमिक कम

यस्तो छ बालविकास सहजकर्ताकाे गुनासो, जिम्मेवारी बढी पारिश्रमिक कम


  • 3.1K
    Shares

    यस्तो छ बालविकास सहजकर्ताकाे गुनासो, जिम्मेवारी बढी पारिश्रमिक कम

    साना बालबालिका रुवाउँदै बाबु आमाले वालविकासमा पढाउने शिक्षिकाहरुकाे जिम्मा दिएर घर फर्किन्छन् । दिनभरि तिनै बालबालिकाकाे दिसापिसाव साेहर्ने, राेएभने काखैमा राखेर फकाउने गर्दैमा बालविकासका सहजकर्ताहरुकाे दिन बित्छ । सम्पूर्ण स्याहार सुसार उनिहरुकाे हाे । तर आमा बनेेर बालबालिकाकाे स्याहारसुसार गर्ने बालविकास कक्षाका सहजकर्ताहरुकाे यो पीडा कसले बुझ्ने ? 

    रुरुक्षेत्र गाउँपालिका वडा नं. १ भट्कुवाकी मन्जु ज्ञवालीले बालविकास कक्षामा पढाउन थालेकाे चौविस वर्ष बितेकाे छ । उनकै अगाडि कति शिक्षक स्थायी बनिसकेका छन् । कतिका पेन्सन निस्किसकेको छ । सबैकाे तलब मज्जाले बढ्छ । उनकै अगाडि शिक्षक शिक्षिकाहरुले मासिक तीस, चालिस हजारकाे हाराहारीमा तलब बुझ्छन् । तर विद्यालय प्रवेशकाे पहिलाे खुडकिलाे बालविकास कक्षामा पढाउने मन्जु ज्ञवालीकाे मासिक तलब चौविस वर्षमा बल्लतल्ल १५ हजार पुगेको छ ।

    सरकारले विक्रम सम्वत २०५५ माघदेखि देशै भरी बालविकासकाे अवधारणा शुरु गरेकाे हाे र माघदेखि शुरु भएकाे बाल बिकास कार्यक्रममा २०५५ साल फागुनदेखि मन्जु ज्ञवालीले पढाउन थालेकी हुन् । मन्जु ज्ञवाली जस्ता छयालीस जना बालविकास सहजकर्ता रुरुक्षेत्रका बालविकास कक्षाहरुमा कार्यरत छन् र रुरुक्षेत्रमा जस्तै देशैभरीमा हजारौं बालविकास सहजकर्ताहरु श्रम ऐनले व्यवस्था गरेका पारिश्रमिक नपाएर पिडित छन्।

    २०५५ सालमा बालविकास कक्षा शुरु हुँदा मासिक पाँचसय पाउँथे सहजकर्ताले, त्यसपछि १२ सय, १८ सय, ३ हजार, ६ हजार हुँदै १५ हजार मासिक तलब पुगे पनि याे नगन्य छ ।

    प्रारम्भिक बालविकास सहजकर्तालाई श्रमऐनअनुसार तोकिएको तलब दिन सरकारलाई गाह्रो परिरहेको छ । तलब खुवाउन नै गाह्रो पर्ने हो भने इसीडी शिक्षकको दरबन्दी खारेज गर्नुको विकल्प नदेखिने भनाई सहजकर्ताहरुकाे छ ।

    सरकारले शैक्षिक सुधारको कुरा मुखले मात्रै गरेको छ तर व्यवहारमा लागु पाईएकाे छैन् । देशभरका  बालविकासका सहजकर्तालाई आर्थिक वर्षमा बढाइएको भनिएको तलब २ हजारसमेत गरि रू १७ हजार अहिलेसम्म नपाएका रुरुक्षेत्र १ थाेर्गा च्यूरेक प्राथमिक विद्यालयमा रहेकाे बालविकास कक्षाकि सहजकर्ता गाेमा क्षेत्रीले बताईन् ।

     

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - १४:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij