Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

बजेट कार्यान्वयन गर्न आफ्नो मातहतको निकायलाई केन्द्रले दियो यस्तो निर्देशन

बजेट कार्यान्वयन गर्न आफ्नो मातहतको निकायलाई केन्द्रले दियो यस्तो निर्देशन


  • 3.3K
    Shares

    बजेट कार्यान्वयन गर्न आफ्नो मातहतको निकायलाई केन्द्रले दियो यस्तो निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन गर्न आफ्नो मातहतको निकायलाई निर्देशन दिएको छ ।

    केन्द्रले विनियोजन ऐन, २०७९ आर्थिक वर्ष २०७९/८० का लागि  विभिन्न उपशीर्षकमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्ने/गराउने समेतको जिम्मेवारीसहित विनियोजित रकम खर्च गर्न मार्गदर्शन दिएको हो ।

    संशोधित मार्गदर्शनअनुसार प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न निर्देशन दिएको छ ।

    वित्तीय अनुशासन कायम गर्ने उद्देश्य प्राप्तिको लागि बजेट, निकासा, खर्च र नियन्त्रणलगायत वित्तीय उत्तरदायित्व कायम गर्न विनियोजन ऐन, २०७९, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को अनिवार्य रूपमा परिपालन गर्नगराउन निर्देशन दिएको हो ।

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - १०:२१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij