२०८२ भाद्र ४ गते बुधवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन गर्न आफ्नो मातहतको निकायलाई निर्देशन दिएको छ ।
केन्द्रले विनियोजन ऐन, २०७९ आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न उपशीर्षकमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्ने/गराउने समेतको जिम्मेवारीसहित विनियोजित रकम खर्च गर्न मार्गदर्शन दिएको हो ।
संशोधित मार्गदर्शनअनुसार प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न निर्देशन दिएको छ ।
वित्तीय अनुशासन कायम गर्ने उद्देश्य प्राप्तिको लागि बजेट, निकासा, खर्च र नियन्त्रणलगायत वित्तीय उत्तरदायित्व कायम गर्न विनियोजन ऐन, २०७९, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को अनिवार्य रूपमा परिपालन गर्नगराउन निर्देशन दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij