२०८२ भाद्र ४ गते बुधवार
शिक्षक हकहित मञ्च, नेपालले शिक्षकका विभिन्न माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । ज्योति नारायण ढकाल नेतृत्वको मञ्चले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष माग पेश गर्दै ध्यानाकर्षण गराएको हो ।
मञ्चले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), विद्यालय कर्मचारी, अस्थायी शिक्षक, राहत शिक्षक, अनुदान शिक्षक र विस्थापित शिक्षकको माग पूरा गर्न मन्त्रालयसँग माग गरेको छ ।
त्यसैगरी स्थायी शिक्षकलाई शतप्रतिशत अस्थायी सेवा अवधि गणना गरि पेन्सनको व्यवस्था गर्नुपर्ने, कम्तिमा ७ वर्ष सेवा अवधि पुगेका स्थायी शिक्षकलाई बढुवाको व्यवस्था गर्नुपर्ने, सबै स्थायी शिक्षकलाई प्रदान गरिने ग्रेड १० कायम गर्नुपर्ने, देशभरको सबै शिक्षक कर्मचारीलाई शिक्षा मन्त्रालयको लोगोअंकित शिक्षक परिचयपत्रको व्यवस्था गर्नुपर्ने र शिक्षकको मर्यादाक्रम तुरुन्त कार्यान्वय गर्नुपर्ने माग मञ्चले गरेको छ । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij