२०८२ माघ ९ गते शुक्रवार
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षाको केन्द्र परिवर्तन गरेको छ । साउन २८ गते सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको कैलाली जिल्लाको परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरेको हो ।
आयोगले परीक्षाका लगि केन्द्रगत परीक्षार्थी विवरण असार २८ गते प्रकाशन गरेकोमा कैलाली जिल्लाको केन्द्र नम्बर ७२६ श्री थ्री स्टार इ.बो. स्कुल क्याम्पस रोड (ख) कायम गरेकोमा उक्त केन्द्रको सट्टा श्री शारदा माध्यमिक विद्यालय वैयावेहडी (ग) लाई परीक्षा केन्द्र कायम गरेको छ ।
उक्त केन्द्रमा सहभागी हुने परीक्षार्थीहरुको रोल नम्बरमा ३८७२०००६८८६ देखि ३८७२०००७१४० सम्म रहेको छ भने २५५ जना परीक्षार्थी रहेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij