Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सानिमा बैंकका सबै खातामा मासिक ब्याजका साथै बम्पर धमाका योजना

सानिमा बैंकका सबै खातामा मासिक ब्याजका साथै बम्पर धमाका योजना


  • 3.0K
    Shares

    सानिमा बैंकका सबै खातामा मासिक ब्याजका साथै बम्पर धमाका योजना

    नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ। 

    बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउन्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनैपिच्छे ब्याज दिन लागेको हो। यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ।

    यसका साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दति खाता ल्याएको छ। 

    मुद्दति निक्षेप रकम परिपक्वतापश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिनेछ। व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ।

    त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकमसमेत मुद्दतिमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ खातासमेत सुरु गरेको छ। यसमा भविष्यमा ब्याज घट्ने चिन्तासमेत हुँदैन।

    fhdufhdf.jpg

    प्रकाशित मिति :श्रावण ३ २०७९ मंगलवार - १४:५१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij