२०८२ माघ ८ गते बिहिवार
सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले ८०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रवार एक सूचना जारी संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १४९ तोकिएको हुँदा सोही मूल्यलाई आधार मानेर निवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार संस्थापक शेयर विक्री गर्दा संस्थापकलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना जारी गरेको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
सो अवधिभित्र संस्थापक शेयरधनीको आवेदन नपरेमा सर्वसाधारणलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij