२०८२ माघ ८ गते बिहिवार
सानिमा बैंक लिमिटेडले तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।
उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गरेका हुन्।
उद्घाटन समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले काठमाडौंको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij