२०८२ भाद्र ४ गते बुधवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलबमा दुई हजार वृद्धि गरिएको बताएका छन् ।
संघीय संसद्मा सांसदहरूले शिक्षाबारे उठाएको प्रश्नको उत्तर दिँदै शिक्षामन्त्री पौडेलले इसीडी शिक्षकको तलब आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा दुई हजार रूपैयाँ बढाइएको जानकारी दिए ।
शिक्षामन्त्री पौडेलले भने, ‘चालु आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारबाट रू ८ हजार र स्थानीय तहबाट रू ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको छ । बालविकास शिक्षकको हकमा संघीय सरकारबाट रू दुई हजार थप गरी १० हजार उपलब्ध गराउने बजेट व्यवस्था गरिएको छ । हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापन सेवासर्त निर्धारणका लागि कार्यअघि बढाइएको छ । सेवासर्त निर्धारण भएपश्चात सोहीअनुरूप कर्मचारीको तलब निर्धारण हुने गरी अर्थमन्त्रालयमा लेखी पठाइएको छ र सोको व्यवस्थाका लागि विशेष पहल गरिनेछ ।’ (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij