Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मर्जर समझदारी गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको दोस्रो बजार सेयर कारोबार आजबाट रोक्का

मर्जर समझदारी गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको दोस्रो बजार सेयर कारोबार आजबाट रोक्का


  • 2.5K
    Shares

    • images
    मर्जर समझदारी गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको दोस्रो बजार सेयर कारोबार आजबाट रोक्का
    images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए ।

    दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका हुन् । मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन समेत नेप्सेलाई भनेका थिए ।

    सोही अनुसार दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो । यी दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ ।

    मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।
     
    सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।

    प्रकाशित मिति :जेठ ३० २०७९ सोमवार - १३:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij