Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

गर्मी ह्वात्तै बढेपछि विद्यालयमा दिइएको बिदा लम्ब्याउँदै कञ्चनपुरका स्थानीय तह

गर्मी ह्वात्तै बढेपछि विद्यालयमा दिइएको बिदा लम्ब्याउँदै कञ्चनपुरका स्थानीय तह


  • 3.8K
    Shares

    गर्मी ह्वात्तै बढेपछि विद्यालयमा दिइएको बिदा लम्ब्याउँदै कञ्चनपुरका स्थानीय तह
    images

    कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् ।

    विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् ।

    भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो ।

    गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको उनले बताए । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्रसमेत गरिएको छ ।

    “गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनगर गर्दै बिदा थप गरेका छौँ,” उनले  भने ।

    गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् ।

    वर्षा नहुँदा कञ्चनपुरमा दिउँसोको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ । दिउँसोको बेला बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत निकै अप्ठेरो हुने गरेको छ । गर्मीका कारण बजार क्षेत्रमा हुने चहलपहलमा समेत निकै कमी आएको छ ।

    प्रकाशित मिति :जेठ ३० २०७९ सोमवार - १२:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij