Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ढंग पुर्‍याउँदा म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउँदो रहेछ :मुख्यमन्त्री राई

ढंग पुर्‍याउँदा म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउँदो रहेछ :मुख्यमन्त्री राई


  • 3.2K
    Shares

    ढंग पुर्‍याउँदा म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउँदो रहेछ :मुख्यमन्त्री राई
    images

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ढंग पुर्‍याए १० सिट भएको दलले पनि मुख्यमन्त्री बन्न सक्ने बताए । राई आवद्ध पार्टी नेकपा एकीकृत समाजवादीको प्रदेश १ को प्रदेशसभामा १० सांसद छन् ।

    सत्तारुढ गठबन्धनमा रहेका दलको समर्थनमा मुख्यमन्त्री बनेका उनले आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा ढंग पुर्याए १० सिटको पार्टीले पनि मुख्यमन्त्री पद पाउन सक्ने बताएका हुन् ।

    सदमा बोल्ने क्रममा प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको आलोचना गर्दै टालाटुली बाटुली, झोलितुम्बे लगायत शब्द प्रयोग गरेका थिए । ‘ढंग पुर्याएन भने दुई तिहाई बहुमत पनि गुम्दो रहेछ, ६३ (सिट) ले दुई तिहाई हुन्छ, हामीसँग (तत्कालिन नेकपा) ६८ सिट थियो’, उनले भने, ‘अब ढुंग पुर्यायो भने म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउदो रहेछ ।’

    सरकार गठनको प्रक्रियालाई लिएर एमाले सांसदहरुले बारम्बार घोचपेच गरेको गुनासो गर्दै मुख्यमन्त्री राईले भने, ‘४७ वटै पार्टीको एक–एक जना संसद मिलेर पनि सरकार बन्छ ।’ उमेर पाको र धेरै समय राजनीति गरेकाहरुले प्रदेश १ को सरकार गठन प्रक्रियाबाट शिक्षा लिनुपर्ने उनको भनाइ छ ।

    मुख्यमन्त्री राईले सरकारले सबै नयाँ कार्यक्रम ल्याउन नसकेको बताए । एमालेले नीति तथा कार्यक्रम पुरानै फोटोकपी गरेको र नयाँ कार्यक्रम समेट्न नसकेको भन्दै आलोचना गरेको थियो । ‘नयाँ सरकारले सबै नयाँ कार्यक्रम ल्याउन मिल्छ ?’ जवाफ दिने क्रममा राईले भने, ‘हिजोका कयौं कार्यक्रमलाई निरन्तरता दिनुपर्ने होला ।’ उनले सरकारले गर्न सक्ने कामलाई मात्रै नीति तथा कार्यक्रममा राखिएको बताए ।

    पूर्व मुख्यमन्त्री शेरधन राईप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले चार वर्षसम्म सरकारमा बसुन्जेल केही नगर्ने र नयाँ आएको सरकारलाई अनावश्यक आरोप लगाएको गुनासो गरे । नयाँ सरकारले एउटा नीति तथा कार्यक्रम पनि ल्याउन नपाएको बताउँदै मुख्यमन्त्री राईले चार वर्षसम्म काम नगर्ने सरकारले भर्खरै बनेको सरकारलाई काम गरेनौं भन्न नमिल्ने बताए ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १६:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij