Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

इन्भेष्टमेन्ट र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदै

इन्भेष्टमेन्ट र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदै


  • 4.7K
    Shares

    • images
    इन्भेष्टमेन्ट र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदै
    images

    काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । उक्त दुई बैंकबीच आज शुक्रबार ३ बजे मर्जर सम्झौता हुने भएको हो ।

    हिमालयन बैंकसँगको मर्जर प्रक्रिया भाडिएपछि कोहिसँग मर्जरमा जानैपर्ने बाध्यता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले अन्ततः मेगा बैंकलाई जोडीको रुपमा रोजेको छ । झन्डै १५ दिन भएको व्यापक छलफल पछि अन्ततः मेगा र इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्ज हुन लागेका हुन् ।

    मर्जरपछि बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहने भएका छन् । मेगा बैंकको १०० कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर हुनेगरी मर्जर सम्झौता हुन लागेको हो ।

    इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ । इन्भेष्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय हुने भएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १३:१९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij