२०८२ भाद्र ४ गते बुधवार
शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटा कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ।
शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, धनकुटाको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (सशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गरेको हो।
प्रदेश एकका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरेको छ।
बढ्वा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माध्यमिक तह प्रथम श्रेणीको रु.७५० र माशि तह द्वितीय, निमा तह प्रथम श्रेणीको रु.६०० र निमाशि द्वितीय प्राथमिक प्रथमको रु.५०० र प्राथमिक तह द्वितीय श्रेणीको रु.३५० निर्देशनालयले तोकेको राजस्व खातामा जम्मा गरी निर्देशनालयमा आवेदन दिन सकिने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij